वुमन्स च्याम्पियन्स लिग: चितवन राइनोजद्वारा ललितपुर फाल्कन्स ८९ रनले पराजित

 कात्तिक १, २०७६ शुक्रबार १७:८:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - वुमन्स च्याम्पियन्स लिग क्रिकेटमा चितवन राइनोजले लगातार दोस्रो जित निकोको छ ।

कीर्तिपुर मैदानमा शु्क्रबार भएको दोस्रो खेलमा चितवनले ललितपुर फाल्कन्सलाई ८९ रनले पराजित गरेको हो । ललितपुरको भने याे लगातार दोस्रो हार हो ।
चितवन राईनोजले दिएको १३६ रनको लक्ष्य पछ्याएको ललितपुर १६।१ ओभरमा ४६ रनमा अल आउट भयाे । 

ललितपुरका लागि कप्तान नेरी थापाले १७ रन बनाउनु बाहेक अरुले दोहोरो अंकमा रन पनि जोड्न सकेनन् ।

बलिङतर्फ चितवनकी कविता गौतमले तीन तथा रितु कनौजियाले दुई विकेट लिइन् भने रेखा रावल र सुमन खतिवडाले एक एक विकेट हात पारे । तीन जना खेलाडी रन आउट भएका थिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा ३ गुमाएर १३५ रन बनाएको थियो । चितवनका लागि ऋतु कनोजियाले सर्वाधिक ५८ रनको अर्धशतकीय पारी खेलिन् । उनले ५५ बलमा ८ चौका प्रहार गरिन् ।

यस्तै प्रिया चौधरीले अविजित २२ रन जोडिन् भने काजोल श्रेष्ठले १५ तथा इन्दु बर्माले १० रन जोडे । बलिङतर्फ ललितपुरकी नेरी थापाले २ विकेट लिइन् ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया