विप्लव समूहका २१ जना नेताविरुद्ध अनुसन्धान गर्न पाँच दिन म्याद थप

 कात्तिक १, २०७६ शुक्रबार १७:४३:३१ | हेमराज शर्मा
unn.prixa.net

काठमाण्डाै - जिल्ला अदालत दाङले नेत्रबिक्रम चन्द विप्लव नेतृत्वकाे नेकपाका २१ जना नेता कार्यकर्तालाई पक्राउ परेको मितिबाट ५ दिन म्याद थप गरेको छ ।

बिहीबार दाङकाे मुङ्ग्रेठाखाेलाबाट प्रहरीले पक्राउ गरी शुक्रबार सरकारी वकिलकाे कार्यालयमा पेश गरिएका २१ जनालाई हातहतियारसम्बन्धी र संगठित अपराधको मुद्दा दर्ता गरिएको छ ।

प्रहरीले शुक्रबार पक्राउ परेकाहरुकाे साथबाट बरामद भएका दस्तावेवज तथा हतियारहरु सार्वजनिक गरेकाे थियाे ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया