उच्च अदालत पोखराका न्यायाधीश शाही सेवाबाट बर्खास्त

 कात्तिक २, २०७६ शनिबार ६:२४:२३ | रासस
unn.prixa.net

काठमाण्डाै - न्यायपरिषद्को बैठकले उच्च अदालत पोखराका न्यायाधीश नरबहादर शाहीलाई सेवाबाट बर्खास्त गर्ने निर्णय गरेकोे छ ।

परिषद्को शुक्रबार बसेको बैठकले गोरखा ब्रुअरी कर विवादसम्बन्धी मुद्दामा क्षेत्रधिकार मिचेर आदेश गरेको आरोप लागेका न्यायाधीश शाहीलाई सेवाबाट बर्खास्त गर्ने निर्णय गरेको परिषद्का प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिनुभयो ।

परिषद्ले त्यस विवादमा छानबिन समिति गठन गरेको थियो । छानबिनपछि त्यही विवादमा परेका न्यायाधीशद्वय रामचन्द्र यादव र जीवनहरि अधिकारीले राजीनामा दिइसक्नुभएको छ ।

बैठकले विराटनगर उच्च अदालतका मुख्य न्यायाधीश कुलरत्न भूर्तेल सुन काण्ड विवादमा परिषदमा काजमा तानिएपछि विराटनगरको मुख्य न्यायाधीशमा तिलप्रसाद श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया