मन्त्री मगरद्वारा फोहोर पानी प्रशोधन आयोजनाको निरीक्षण

 कात्तिक २, २०७६ शनिबार १५:७:५० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - खानेपानी तथा सरसफाई मन्त्री विना मगरले गुहेश्वरीमा रहेकाे फोहोर पानी प्रशोधन केन्द्र आयोजनाको निरीक्षण गर्नुभएको छ ।

खानेपानी मन्त्रालय अन्तरगतको आयोजना कार्यान्वयन निर्देशनालयले गुहेश्वरीमा निर्माण गरिरहेको फोहोर पानी प्रशोधन केन्द्रकाे निर्माण अन्तिम चरणमा पुग्दै गर्दा मन्त्री मगरले शनिबार बिहान स्थलगत निरीक्षण गर्नुभएको हो । निरीक्षणपछि उहाँले पशुपति क्षेत्रमा रहेकाे बागमति नदीमा बग्ने पानीलाई सफा पानी बनाउने लक्ष्य अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो ।

आयोजनाको ९५ प्रतिशत काम सम्पन्न भइसकेको भन्दै उहाँले सबैको चाहना अनुसार बागमतीलाई प्राण भरेर कञ्चन पानी बग्ने व्यवस्था मिलाउने बताउनुभयो । उहाँले बढ्दो शहरीकरणले सबै शहरमा ढल व्यवस्थापनको समस्या बढ्दै गएको उल्लेख गर्दै काठमाण्डौमा भने चुनौतीपूर्ण नै बनेको बताउनुभयो ।

उहाँले फोहरको व्यवस्थापकीय पक्षप्रति मन्त्रालय गम्भीर रहेको भन्दै बागमतीको महत्वलाई कायम राख्दै जीवन्त बनाएर सबै किसिमको धार्मिक संस्कारलाई सहज हुनेगरी व्यवस्था मिलाइने आश्वासन पनि दिनुभयो ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया