डोटीमा बस दुर्घटना: ११ जना घाइते, ६ जनाको अवस्था गम्भीर

 कात्तिक २, २०७६ शनिबार १७:४९:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

डोटी – जोरायल गाउँपालिका २ को गरुड भन्ने ठाउँमा बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएकाे छ ।  

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक (एसपी) दिलिपसिंंह देउवाका अनुसार डडेलधुराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको ना ४ ख ८२३५ नम्बरको बस दुर्घटना भएको हो । 

गम्भीर घाइते भएकाहरुको उद्धार गरी उपचारका लागि कैलाली पठाइएको इलाका प्रहरी कार्यालय बुडर, डोटीका प्रमुख कर्ण रौलेले जानकारी दिनुभयो । शनिबार दिउँसो साढे तीन बजे दुर्घटना भएको बस सडकबाट झण्डै ५० मिटर तल खसेको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया