फ्रान्सले विश्वकप त जित्यो तर जिरुडको एउटै शट टार्गेटमा रहेन

 असार ३२, २०७५ सोमबार १७:८:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतियोगिता जितिसकेपछि खेलाडीको कमजोरी केलाउनु निरर्थक हुन्छ । सायद फ्रान्स फुटबल संघ पनि आफ्ना मुख्य स्ट्राइकर ओलिभर जिरुडको विश्वकपमा निराशाजनक प्रदर्शनबारे मौन रहनेछ ।
 
तर, जिरुड आफैले चाहिँ विश्वकपमा आफ्नो प्रदर्शनको समीक्षा गर्नेछन् । एन्टोइन ग्रिजम्यान, केलियन एम्बाप्पे र पाउल पोग्बा चम्किएपछि विश्वकप फ्रान्सले जित्यो ।
 
फ्रान्सेली प्रशिक्षक डिडियर डेसच्याम्पले विश्वकपका सबैजसो खेलमा ४–२–३–१ को फर्मेसनमा टोली मैदानमा उतारेका थिए । ओलिभर जिरुड सबैभन्दा अगाडि थिए र स्वभाविक रुपमा गोल गर्ने जिम्मेबारी उनकै थियो ।
 
तर, विश्वकपमा उनले एक गोल पनि गरेनन् । विश्वकपमा आफ्नो पोजिसनलाई न्याय गर्न नसक्ने फ्रान्सका एकमात्र खेलाडी हुन् जिरुड । एकपछि अर्को खेलमा खारिएको फ्रान्सका लागि हरेक पोजिसनमा उत्कृष्ट देखिएको फ्रान्सका लागि जिरुडको कमजोरीलाई एम्बाप्पे, ग्रिजम्यानहरुले कभर गरे ।
 
विश्वकपका ७ खेलमा १३ वटा शट प्रहार गरे पनि कुनै शटले विपक्षी गोलकिपरलाई समस्यामा पारेन । जिरुडले कुल ५६४ मिनेट मैदानमा बिताएका थिए । तर, एउटा पनि शट टार्गेटमा हान्न सकेनन् ।
 
यद्यपि बेल्जियमविरुद्धको सेमिफाइनल खेलमा फ्रान्स १–० गोलले विजयी हुँदा उनकै कर्नर प्रहारलाई स्याम्युअल उम्टिटीले सदुपयोग गरेका थिए । त्यसबाहेक उनको असिस्ट पनि यस विश्वकपमा देखिएन ।

तर, पनि उनले अग्रपंक्तिमा रहेर ग्रिजम्यान र एमबाप्पेलाई सहयोग भने राम्रो गरेका थिए ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया