ललितपुरमा रोकिराखेको दुई ओटा गाडीमा आगलागी

 कात्तिक ३, २०७६ आइतबार १४:१८:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

ललितपुर – ललितपुर महानगरपालिका १३ को सिँचाइ हिटीमा रोकिराखेको दुई ओटा गाडीमा आइतबार आगलागी भएको छ ।

महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रहरी नायब उपरीक्षक (डिएसपी) गौतम मिश्रका अनुसार बिहान ११ बजेको समयमा रोकिराखेको दुई ओटा गाडीमा एक्कासी आगो लागेको थियो । दमकलको सहयोगमा स्थानीय र प्रहरीले आगो निभाएका थिए । 

आगलागीबाट पार्किङ गरी राखिएका बा ३ ख १३८९ र बा ३ ख १६६ नम्बरको गाडी जलेर पूर्णरुपमा क्षति भएको छ । त्यस्तै सँगै रोकेर राखिएको अर्को गाडीमा भने आंशिकरुपमा क्षति भएको प्रहरीले जनाएको छ । 

आगलागीको कारण भने नखुलेको र अनुसन्धान भैरहेको डीएसपी मिश्रले जानकारी दिनुभयो । ढोका बन्द भएको बा ३ ख १३८९ नम्बरको गाडीको भित्रबाट आगलागी भएको प्रहरीको अनुमान छ । 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया