न्यूनतम साझा कार्यक्रम र सङ्कल्प प्रस्ताव ल्याउनु ठूलो कुरा होइन,...
चैत १५, २०८० बिहिबार
काठमाण्डाै - सामाजिक अभियन्ता डाक्टर गोविन्द केसीले चिकित्सा शिक्षा आयोगले गरेका केही निर्णयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउनुभएको छ ।
केसीले आइतबार एक विज्ञप्ति जारी गर्दै चिकित्सा शिक्षा आयोगले पूर्णता नपाउँदै हतार हतार नर्सिङ कलेजहरुको सम्बन्धन सम्बन्धी निर्णय सीटीइभीटीलाई सुम्पिएकोमा आपत्ति जनाउनुभएको हो ।
उहाँले सबैभन्दा भद्रगोल अवस्थामा रहेको नर्सिङ कार्यक्रमको सम्बन्धनमा सुधार ल्याउनुको सट्टा मन्त्रीको स्वार्थमा झन् भद्रगोल हुनेगरी निर्णय गर्नुले आयोगका उपाध्यक्षको नियत र राजनीतिक वफादारी छर्लंग पारेको आरोप लगाउनुभयाे ।
उहाँले जनशक्तिको आवश्यकता र हाल चलिरहेका नर्सिङ कलेजको अवस्थाबारे बृहत् अध्ययन नगरी थप कलेजलाई सम्बन्धन नदिन आयोगको ध्यानाकर्षण पनि गराउनुभएको छ । त्यस्तै आयोगले पूर्णता नपाउँदै हतार हतार एमबीबीएस र बीडीएस कार्यक्रमको शुल्क बढाउने निर्णयप्रति पनि डाक्टर केसीले आपत्ति जनाउनुभएको छ ।
डाक्टर केसीले आफ्ना माग पूरा नभए यही कार्तिक १३ गतेदेखि सत्याग्रहसहितको आन्दोलन सुरु गर्ने पनि चेतावनी दिनुभयाे ।