विराटनगर टाइटन्सलाई हराउँदै चितवन राइनाेज डब्ल्यूसीएलकाे फाइनलमा

 कात्तिक ३, २०७६ आइतबार १८:५९:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – चितवन राइनोज महिला फ्रेन्चाइज क्रिकेट लिग वुमन्स च्याम्पियन्स लिग (डब्ल्यूसीएल) को फाइनलमा प्रवेश गरेको छ ।

आइतबार भएको दोस्रो खेलमा विराटनगर टाइटन्सलाई ५३ रनले पराजित गर्दै चितवन ८ अंकसहित शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको हो ।

कीर्तिपुर क्रिकेट मैदानमा चितवनले दिएको एक सय २३ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको विराटनगर १७ दशमलव ५ बलमा अलआउट हुँदै ६९ रनमा रोकियो । 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा ८ विकेट गुमाउँदै एक सय २२ रन बनाएको थियो । अपराजित रहँदै चितवन फाइनल पुगेको हो ।

चितवनसँग पराजित विराटनगर पनि तेस्रो स्थानमा रहँदै प्लेअफमा पुगेको छ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया