प्रहरीद्वारा अवैध हतियार बरामद

 कात्तिक ५, २०७६ मंगलबार ११:५:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

सप्तरी – छिन्नमस्ता गाउँपालिका – २ मोहनपुरबाट सशस्त्र प्रहरीले अवैध हतियार बरामद गरेको छ ।

सशस्त्र प्रहरी सीमा सुरक्षा आउट पोष्ट गोविन्दपुरबाट खटिएको प्रहरीको टोलीले मोहनपुरबाट एक थान पेस्तोल र २ राउण्ड गोली बरामद गरेको सशस्त्र प्रहरी सीमा सुरक्षा आउट पोष्ट गोविन्दपुरका सशस्त्र प्रहरी निरीक्षक नवीन बुढाथोकीले जानकारी दिनुभयो । 

बुढाथोकीका अनुसार नेपालबाट भारतमा मोटरसाइकलमा मदिरा तस्करी गरिरहेको अवस्थामा सशस्त्र प्रहरीले देखेपछि तस्करहरु मदिरासमेत छोडेर भागेका थिए । तस्करहरु मोटरसाइकल छोडेर भागेपछि जाँच गर्ने क्रममा २८ पिस कस्तुरी तथा कस्तुरीको बीचमा हतियार फेला परेको उहाँले जानकारी दिनुभयो । 

बरामद गरिएको हतियार र मोटरसाइकल इलाका प्रहरी कार्यालय सखडाको जिम्मा लगाइएको तथा घटनाको आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया