सुनको भाउ घट्यो

 कात्तिक ५, २०७६ मंगलबार १२:०:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सुनको भाउ मंगलबार तोलामा २ सय रुपैयाँ घटेको छ । सुन मंगलबार तोलाको ७० हजार २ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार र आइतबार तोलाको ७० हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ मंगलबार तोलामा २ सय रुपैयाँ घटेको हो । चाँदी भने मंगलबार पनि तोलाको ८ सय ५० रुपैयाँमा कारोबार भैरहेको छ ।

अन्तिम अपडेट: कात्तिक २३, २०७६

तपाईको प्रतिक्रिया