सिंहदरबारको पश्चिम मोहडाको प्रबलीकरण सुरु

 कात्तिक ५, २०७६ मंगलबार १५:३२:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - भूकम्पबाट क्षति भएको सिंंहदरबारको पश्चिम मोहडाको प्रबलीकरण सुरु भएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुरातात्विक महत्व र पहिचान कायम हुनेगरी सिंंहदरबारको प्रबलीकरण सुरु गरिएको बताउनुभयो । 

‘केही सम्पदाविद्ले सम्पदाका रुपमा मात्र भए पनि सिंंहदरबारलाई प्रबलीकरण गरेर जोगाउन सुझाव दिनुभएको थियो । हामीले त्योभन्दा अघि बढेर राज्यका महत्वपूर्ण कार्यक्रममा समेत प्रयोग हुनेगरी बलियो र सुरक्षित प्रबलीकरण गर्दैछौँ’, प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले भन्नुभयो, ‘त्यसैको तयारीले गर्दा पनि पश्चिम मोहडाको प्रबलीकरण सुरु गर्न बढी समय लागेको हो ।’

सिंंहदरबारको पश्चिम मोहडाको प्रबलीकरणका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) र शर्मा–गौरी पार्वती–न्यू टेक्निकल जेभीबीच एकहप्ता अघि ठेक्का सम्झौता भएको थियो ।

जेभीले भ्याटबाहेक ४१ करोड ७९ लाख रुपैयाँमा प्रबलीकरणको ठेक्का पाएको छ ।

सिंंहदरबारको उत्तर, पूर्व र दक्षिण मोहडाको प्रबलीकरण पन्ध्र महिनादेखि जारी छ । निर्माण व्यवसायीका अनुसार उत्तर, पूर्व र दक्षिण मोहडाको प्रबलीकरणको ७० प्रतिशत कार्य सम्पन्न भएको छ ।

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया