युट्युबबाट गीत हटाएसँगै रिहा भए दुर्गेश

 कात्तिक ५, २०७६ मंगलबार १७:१:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - मोडल तथा गायक दुर्गेश थापा रिहा भएका छन् । युट्युबबाट गीत हटाएसँगै प्रहरीले दुर्गेशलाई रिहा गरेको हो । 

तिहारको देउसी भैलो गीतमा राखिएका शब्दले समाज भड्किलो बनाउने भन्दै उजुरी परेपछि दुर्गेश पक्राउ परेका थिए । 

जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको र प्रशासन कार्यालयले महानगरीय अपराध अनुसन्धान महाशाखालाई पत्राचार गरेपछि बालाजुबाट प्रहरीले दुर्गेशलाई पक्राउ गरेको थियो । 

महाशाखामा दुर्गेशले आफूले निकालेको गीतमा अञ्जानबस नशालु पदार्थ गाँजा खान प्रोत्साहन गर्ने शब्द परेको भन्दै माफि मागेका छन् । उनले सामाजिक सद्भाव र सांस्कृतिक विचलन ल्याउन गीतले सहयोग गरेको भन्ने सरोकारवालाको चासो र चिन्तालाई मनन गर्दै गीत युट्युबबाट हटाएको पनि जनाएका छन् । 

साथै दुर्गेशले आउँदो दिनमा सामाजिक, सांस्कृतिक सद्भाव खलल पुग्ने खालका गीत तथा म्युजिक भिडियो प्रसारण नगर्ने पनि प्रतिबद्धता जनाएका छन् ।

दुर्गेशले युट्युबबाट गीत हटाएपछि उनलाई रिहा गरिएको महाशाखा प्रमुख एसएसपी सहकुलबहादुर थापाले बताउनुभयो ।  

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया