विश्व सैनिक गृष्मकालीन खेलकुद प्रतियोगिता: तुलसा खत्रीकाे नयाँ कीर्तिमान

 कात्तिक ५, २०७६ मंगलबार २०:४७:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

चीनको वुहानमा जारी सातौँ विश्व सैनिक गृष्मकालीन खेलकुद प्रतियोगितामा नेपाली सेनाकी तुलसा खत्रीले नयाँ कीर्तिमान कायम गरेकी छिन् ।

ट्रयाक एण्ड फिल्डको ४ सय मिटर दौडमा तुलसाले ५९ दशमलव ५७ सेकेण्डका साथ नयाँ कीर्तिमान राखेकी हुन् । उनले आफ्नै नाममा रहेको ५९ दशमलव ९० सेकेण्डको कीर्तिमान सुधार गरिन् ।

तुलसाले ९ वर्षअघि २०१० मा प्रमिला रिजालले बनाएको रेकर्ड तोडेकी हुन् । वुहानमा जारी प्रतियोगितामा २१ देशका खेलाडीले प्रतिस्पर्धा गरेकी थिए । 

यस्तै, मंगलबार भएको १ सय मिटर दाैडमा सरस्वती चौधरीले १२ दशमलव ६६ सेकेण्डमा दूरी पूरा गर्दै व्यक्तिगत रेकर्ड सुधार गरिन् । यसमा  २६ देशका खेलाडीले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिता अन्तर्गत मंगलबार दौडसहित बिच भलिबल, आर्चरी र महिला बक्सिङलगायत ४ खेल सम्पन्न भएका छन् ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया