युभेन्टसको जितमा डिबालाको दुई गोल

 कात्तिक ६, २०७६ बुधबार ६:४१:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

युरोपेली च्याम्पियन्स लिग अन्तर्गत समूह डीको खेलमा युभेन्टसले लोकोमोटिभ मस्कोलाई हराएको छ । घरेलु मैदान एलिनाज स्टेडियममा भएको खेलमा पाउलो डिबालाले दुई गोल गर्दा युभेन्टस हारबाट जोगियो ।

मस्कोभाले पहिलो हाफमा लिएको एक गोलको अग्रताविरुद्ध डिबालाले दोस्रो हाफमा गोल फर्काएका थिए ।

३०औं मिनेटमा अलेक्सी मिरानचुकले गोल गर्दै लोकोमोटिभलाई अग्रता दिलाएका थिए । यो गोलको अग्रता रसियन क्लबले ७६औं मिनेटसम्म कायम राख्यो ।

तर ७७ औं मिनेटमा डिबालाले गोल गर्दै खेल बराबरीमा पुर्‍याए । गोल खाएपछि सम्हालिन नपाउँदै ७९ औं मिनेटमा डिबालाले अर्को गोल गरेपछि मस्कोभा २–१ ले पछि पर्‍यो । बाँकी समयमा खेलमा फर्किन नक्दा युभेन्टस विजयी भयो ।

समूह डीमा युभेन्टसको सात अंक छ भने मस्कोको तीन अंक छ । स्पेनिस क्लब एट्लेटिको मड्रिडले पनि जित हात पार्दै सातै अंक बनाएको छ ।

मड्रिडमा भएको खेलमा एट्लेटिकोले जर्मन क्लब बायर लिभरकुसेनलाई १–० ले हरायो । अल्भारो मोराटाले दोस्रो हाफमा गरेको गोल निर्णायक बन्दा एट्लेटिको पनि अपराजित बनेको हो । मोारटाले रेनान लोदीको पासमा ७८औं मिनेटमा गोल गरेका थिए ।

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया