डोजरले महिला हुत्याउने चालकविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा दर्ता

 कात्तिक ६, २०७६ बुधबार ८:५९:२४ | जयराज अवस्थी
unn.prixa.net

तस्बिर साैजन्य : एभिन्यूज खबर

बैतडी – बैतडीमा डोजरले महिला हुत्याउने चालकविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा दर्ता भएको छ । सोमबार जिल्लाको दशरथचन्द नगरपालिका –९ ग्वाल्लेकमा डोजरले स्थानीय महिलालाई हुत्याएर फालेको थियो ।

डोजरले स्थानीय गौरी जोशीलाई हुत्याएको भिडियो सार्वजनिक भएपछि प्रहरीले नियन्त्रणमा लिएका चालक किशोर बोहराविरुद्ध मंगलबार नै ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक (इन्सपेक्टर) किसन चन्दले जानकारी दिनुभयो ।

अहिले डोजर चालक बोहरामाथी जिल्ला अदालत बैतडीबाट १० दिनको म्याद थपेर अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो ।

दशरथचन्द नगरपालिका –९ ग्वाल्लेकको सुण्न्नाखानदेखि पार्ससम्म जोड्ने सडक निर्माणका विषयमा दुई पक्षबीच विवाद हुँदा झडप भएको थियो । झडपका बेला सडक रोक्नुपर्छ भन्ने पक्षका गौरी जोशीलाई डोजरले हुत्याएको थियो । अहिले जोशीको कोहलपुरमा उपचार भइरहेको छ । यो घटनामा ढुंगा हानाहान हुँदा दुवै पक्षका सात जना समान्य घाइते भएका थिए । उनीहरु जिल्ला अस्पताल बैतडीमा समान्य उपचारपछि घर फर्किसकेका छन् । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

जयराज अवस्थी

जयराज अवस्थी बैतडीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया