भारतमा लोकसभा चुनावको पहिलो चरणको मतदान शुरु
बैशाख ७, २०८१ शुक्रबार
धनुषा – जनकपुरमा गोली हानी एक जनाको हत्या भएको छ । जनकपुर उपमहानगरपालिका वडा नम्बर १४ मुजेलियमा रहेको विद्युत प्राधिकरणको भवन नजिकै स्थानीय ४० वर्षीय मनोज शाहको गोली हानी हत्या भएको हो ।
स्थानीय पंकज चाैधरीसँग पैसाको कारोबार भएको र पैसा माग्न जाँदा पंकजले मनोजको गोली हानी हत्या गरेको खुल्न आएको प्रहरीले जनाएको छ । घटनापछि प्रहरीले पंकजलाई पक्राउ गरेको छ ।
पक्राउ परेका पंकजको साथबाट प्रहरीले कटुवा पेस्तोल तथा गोली बरामद गरेको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
मृतक शाहको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ ।