एक्स्काभेटरबाट लडेर बैतडीमा एक जनाको ज्यान गयो

 कात्तिक ७, २०७६ बिहिबार १०:५४:४३ | जयराज अवस्थी
unn.prixa.net

बैतडी – मेलौली नगरपालिका –५ मा बिहीवार एक्स्काभेटरबाट लडेर एक जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा स्थानीय ५५वर्षीय शुक्रसिंह पुजारा रहेका छन् । मेलौलीको लामालेक–ढणौन सडकखण्डको पेलेमा एक्स्काभेटरमा सवार पुजारा एक्स्काभेटरबाट लडेका थिए । एक्स्काभेटरबाट लडेपछि त्यही एक्स्काभेटरले पुजारालाई किचेको प्रहरीले जनाएको छ ।

लामालेक– ढणौन सडक निर्माणको काम गरिरहेको एक्स्काभेटर घर निर्माणको लागि जमिन सम्याउन ल्याउँदै गरेका अवस्थामा बिहीबार बिहान ८ बजे पुजारा एक्स्काभेटरबाट खसेको इलाका प्रहरी कार्यालय मेलौलीका प्रहरी नायव निरीक्षक (सई) मानसिंह बोहराले जानकारी दिनुभयो ।  एक्स्काभेटर चालक दशरथचन्द नगरपालिका–२ देहिमाडौंका ३० वर्षीय शेरीसिंह बोहरा फरार छन् ।

फरार चालकको खोजी भइहरेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको छ ।

यस्तै, बैतडीमा ट्रक दुर्घटनामा चालक दार्चुलाको नौगाड गाउँपालिका सिप्टीका गोपालसिंह धामीको ज्यान गएको छ । धनगढीबाट दार्चुलातर्फ गइरहेको ग्यास बोकेको से १ ख १९२३ नम्बरका ट्रक बैतडीको सतबाँझ–गोकुलेश्वर सडकखण्डको सिन्केलेकमा बिहीबार बिहान दुर्घटनामा परेको थियोे ।

चालक निदाएको वा ब्रेक फेल भएर ट्रक दुर्घटनामा परेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । ट्रकमा चालकमात्र रहेको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

जयराज अवस्थी

जयराज अवस्थी बैतडीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया