र्‍यापर भिटेन पक्राउ

 कात्तिक ७, २०७६ बिहिबार ११:५६:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – र्‍याप गायकको रुपमा ‘भिटेन’ नामले चिनिएका समिर घिसिङलाई प्रहरीले पक्राउ गरेको छ ।

भिटेनले गाएका गीतले समाज भड्किलो बनाएको र अश्लिल शब्दहरु राखेको भन्दै उजुरी परेपछि महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले ललितपुरको जावलाखेलबाट उनलाई पक्राउ गरेको हो ।

‘हामी यस्तै त हो नि ब्रो’का गायक भिटेनको गीत समाजलाई अपाच्य हुने किसिमको भएपछि पक्राउ गरिएको महाशाखाका एसएसपी सहकुल थापाले बताउनुभयो ।

यसअघि संस्कृति र परम्परामाथि नै आँच पुर्‍याउने गरी तिहारको देउसी भैलो गीत सार्वजनिक गरेको भन्दै दुर्गेश थापा पक्राउ परेका थिए । उनलाई युट्युबबाट गीत हटाएर माफी मागेपछि रिहा गरिएको थियो ।

अन्तिम अपडेट: चैत १४, २०८०

1 Comments

  • Kashhyap

    Oct. 24, 2019, 2:04 p.m.

    हामी परिवर्तनको संघारमा छौं। हामी धेरैलाई हाम्रो आफ्नो भाकामा माया र लगाव छ। तर भुगोल नसुहाउने गित/सिर्जनामा नै अधिकांस रमाउछन् भने सर्जकले पनि त्यस्तै सिर्जना गर्छन्। बजारमा जे बिक्छ त्यहीँ नै व्यापारीले उत्पादन गर्ने हो। दुर्गेस र भिटेनले नि त्यहीँ नै गरे। यदि गितमा नै दोष छ भने त्यो भन्दा ठुलो दोष कानुनमा नै छ, किन कानुनले नै यस्तो गित/सिर्जना गर्न निशेध गरेको छ भनिदिनुपर्यो। कि उपयुक्त सेन्सर बोर्ड स्थापना गर्नु पर्यो। अनि दोष ती दर्शल र स्रोताको पनि छ, जो उनीहरूलाई खोज्छन् सुन्छन्, विभिन्न कार्यक्रममा बोलाउछन् र उनीहरूलाई मोटो रकम दिन्छन्। यस्तै हो पूरा इन्टरनेट नै सफा गर्ने समय आएको छ। कि हामीले देश र भुगोल सुहाउँदो सिर्जना मात्र गर्न पाइन्छ भन्ने बताउनु पर्यो नत्र बदलिँदो समय भन्दै स्विकार्दै दुर्गेश र भिटेनलाई स्वतन्त्र छोड्नुपर्छ। हामीसँग पहिला पनि यस्ता गितहरु थिए जस्तो "सुकेको पातको एक सर्कोले", "आदी रातमा उठेको चुरोट तान्नलाई" खै त्यो बेला त झन यी गितहरु संचार माध्यमबाट खुल्ला बज्थे त्यो बेला यस्तो केही थिएन। दुर्गेशको गितमा अस्लिलता थिएन तर भिटेनको गित ७ जुनमा आएको रहेछ भर्खर सुने जसमा अस्लिलता पनि रहेछ। किन यतिका समय भिटेनलाई स्वतन्त्र छोडियो। अब नेपाली गितसंगितमा पनि एउटा छुट्टै सेन्सर बोर्डको आवश्यकता देखिएको छ।

  •  0 Reply

तपाईको प्रतिक्रिया