एक्स्काभेटर पल्टिँदा रुकुम पूर्वमा एक जनाको ज्यान गयो

 कात्तिक ७, २०७६ बिहिबार १६:०:० | उज्यालो सहकर्मी
unn.prixa.net

रुकुम पूर्व - एक्स्काभेटर पल्टिँदा रुकुम (पूर्व) मा एक जनाको ज्यान गएको छ ।

भुमे गाउँपालिका वडा नम्बर २ को सैपातुन भन्ने ठाउँमा एक्स्काभेटर सडकबाट २७ मिटर तल खोलामा खस्दा चालक अन्दाजी ४५ वर्षीय दुर्गाबहादुर बुढाको ज्यान गएको हो । 

बिहीबार बिहान भुमे गाउँपालिकाको रा १२९ ग नम्बरको एक्स्काभेटर खाबाङ बगरबाट लुकुम जाने क्रममा मध्यपहाडी लोकमार्गको सैपातुन भन्ने ठाउँमा पल्टिएको जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्व) ले जानकारी दिएको छ ।

एक्स्काभेटर पल्टिएपछि बुढाको हातखुट्टा मात्र बाहिर देखिएको र सबै शरीर टायरले थिचेकाे अवस्थामा भेटिएकाे जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्व) का प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्रकुमार खड्काले बताउनुभयो । 

पाेस्टमर्टमका लागि बुढाकाे शव जिल्ला अस्पताल रुकुमकोटमा लगिएको डीएसपीले बताउनुभयो ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया