दाेलखामा बजार अनुगमनका क्रममा जफत गरिएका म्याद गुज्रेका सामग्री नष्ट

 कात्तिक ७, २०७६ बिहिबार १९:२३:४९ | उषा तामाङ
unn.prixa.net

दाेलखा - दोलखामा विभिन्न मितिमा बजार अनुगमन गरी जफत गरिएका सामग्री बिहीबार नष्ट गरिएको छ । 

सदरमुकाम चरिकोटका विभिन्न पसलहरुमा विभिन्न समयमा गरिएका बजार अनुगमनका क्रममा जफत गरिएका म्याद गुज्रेका र अखाद्य वस्तुहरु जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, घरेलु तथा साना उद्योग विकास समिति कार्यालय, भीमेश्वर नगरपालिका कार्यालय, दोलखा उद्योग वाणिज्य संघ र नेपाल पत्रकार महासंघ दोलखाका प्रतिनिधिको रोहवरमा नष्ट गरिएको हो ।

नष्ट गरिएका सामग्रीहरुमा बिस्कुट ३ बाकस, ७६ वटा कुरकुरे चिप्स, तितौरा ६९ वटा, सोयाबिन तेल १७ प्याकेट, सुजि र बेसन ३७ प्याकेट, अचार ८ बट्टा, चुरोट २७ बट्टा, खैनी २ पोका १६ पिस, गुट्खा १ सय ४० पिस, सुर्ती १८ प्याकेट, चाउचाउ सबै किसिमका गरी ३३ पोका रहेका छन् ।

त्यसैगरी प्राउन पापड ४ प्याकेट, दालमोठ बदाम भुजिया ५७ प्याकेट, मसला, जिरा, मिट मसला, बेसार, खुर्सानी ८२ प्याकेट, कस्मेटिक सामान १ बाकस १२ पिस, चकलेट १२ बट्टा, वनस्पति घ्यु र तेल २४ प्याकेट, कफी र चियापत्ति १० प्याकेट, धुप १८ वटा, हर्लिक्स ३ वटा, ग्लुकाेज ११ वटा, नरिवल ३ केजी नष्ट गरिएको छ ।

पाउरोटी एक प्याकेट, फ्रुटी १ सय ३ वटा, ट्याङ जुस ६ वटा, न्युट्रेला १० प्याकेट, मेन्टस २० प्याकेट, पाउडर १ प्याकेट, सुपर ३ प्याकेट, विन्टरसाइज ३ वटा, प्यान केयर २ वटा, केराउ चना १४ प्याकेट र १२ लिटर घरेलु मदिरा पनि नष्ट गरिएको छ ।

म्याद गुज्रेका तथा अखाद्य सामग्रीको बिक्री वितरण नगर्न जिल्ला प्रशासन कार्यालय दोलखाले सम्पूर्णलाई अनुरोध गरेको छ । 

अन्तिम अपडेट: फागुन २८, २०८०

उषा तामाङ

उज्यालोका दोलखा सहकर्मी उषा तामाङ कालीञ्चोक एफएममा पनि कार्यरत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया