ग्लोबल आईएमई बैंक र जनता बैंक नेपाल एक भए

 कात्तिक ८, २०७६ शुक्रबार १८:४१:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – ग्लोबल आईएमई बैंक र जनता बैंक नेपाल मर्ज भएका छन् । 

शुक्रबार काठमाण्डौमा आयोजित एक कार्यक्रमका बीच मर्जरसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सम्झौता पत्रमा ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र जनता बैंक नेपालका अध्यक्ष केशवबहादुर रायमाझीले हस्ताक्षर गरेका हुन् । 

दुवै बैंकले नेपाल राष्ट्र बैंकको अन्तिम स्वीकृति पश्चात एकीकृतरुपमा कारोबार सुरु गर्नेछन् । यी दुई बैंकले गएको असार २० गते मर्जरका लागि प्रारम्भिक सहमति पत्रमा हस्ताक्षर गरेका थिए । मर्जरपछि बन्ने बैंकको नाम ग्लोबल आईएमई बैंक र त्यसको अध्यक्ष चन्द्रप्रसाद ढकाल हुने सहमति भएको । 

हस्ताक्षर कार्यक्रममा बोल्दै ग्लोबल आईएमई बैंकका अध्यक्ष ढकालले मर्जपछि ग्लोबल आईएमई बैंकले निकट भविष्यमा नै सबै जिल्लामा सेवा विस्तार गरिने बताउनुभयो ।

मर्जपछिको बैंकको सञ्चालक समितिमा ग्लोबलको तर्फबाट पाँच जना र जनताको तर्फबाट दुई जना सदस्य रहने सहमति गरिएको छ । 

मर्जपछि बैंकको चुक्ता पुँजी झण्डै १९ अर्ब, कुल निक्षेप २ खर्बभन्दा बढी र कुल लगानी २ खर्ब पुग्ने छ । त्यस्तै बैंकको शाखा सञ्जाल तीन सयभन्दा बढी र तीन हजार दुई सय बढी कर्मचारी रहनेछन् ।

अन्तिम अपडेट: चैत ७, २०८०

तपाईको प्रतिक्रिया