२० लाख रुपैयाँसहित महोत्तरीबाट दुई जना पक्राउ

 कात्तिक ९, २०७६ शनिबार १०:८:२ | धनवीर महतो
unn.prixa.net

महोत्तरी – प्रहरीले दुई छुट्टाछुट्टै ठाउँमा जाँच गर्ने क्रममा २० लाख २० हजार नेपाली रुपैयाँसहित दुई जनालाई पक्राउ गरेकाे छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार शुक्रबार साँझ जलेश्वर नगरपालिका ३ को भिटठामोडको नेपाल-भारत सीमा नजिकैबाट ५ लाख ७५ हजार भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा धनुषा जिल्ला जनकपुर उपमहानगरपालिका ८ का ३२ वर्षीय विजय महासेठ रहेको प्रहरी नायब उपरीक्षक (डीएसपी) माधवप्रसाद बुढाथोकीले जानकारी दिनुभयो । 

त्यस्तै मटिहानी नगरपालिका २ मा जाँच गर्ने क्रममा एक जनालाई ११ लाख नेपाली रुपैयाँसहित प्रहरीले नियन्त्रणमा लिएको छ । मटिहानी नगरपालिका ६ का जीवनकुमार पूर्वेको कानुन बमोजिम शरीरमा खानतलासी गर्दा रकम बरामद भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

पक्राउ परेको दुवै जनालाई आवश्यक कानुनी कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीमा राखेर थप अनुसन्धान भैरहेको डीएसपी बुढाथोकीले बताउनुभयो । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

धनवीर महतो

धनवीर महतो महोत्तरीकाे उज्यालो सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया