विप्लव समूहका सल्यान जिल्ला कमिटी सदस्य पक्राउ

 कात्तिक ९, २०७६ शनिबार १३:३४:२३ | पुरुषोत्तम गिरी
unn.prixa.net

सल्यान - नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वकोे नेकपाका सल्यान जिल्ला कमिटी सदस्य भद्र डाँगीलाई प्रहरीले गिरफ्तार गरेको छ ।

बागचौर नगरपालिका–२ घर भएका जिल्ला सदस्य भद्र डाँगी ‘टाइगर’लाई प्रहरीले शनिबार बिहान गिरफ्तार गरेको हो । घरमा सुतिरहेको अवस्थामा प्रहरीले गिरफ्तार गरेको उहाँको परिवारले जनाएको छ । गिरफ्तारीमा परेका उहाँलाई जिल्ला प्रहरी कार्यालय सल्यानको हिरासतमा राखिएको
सल्यान प्रहरी प्रमुख डीएसपी ढकेन्द्र खतिवडाले बताउनुभयो ।

बम विस्फोट, हातहतियार र आगजनीको मुद्धामा डाँगीलाई गिरफ्तार गरिएको र अनुसन्धान भैरहेको उहाँले बताउनुभयो । २०७५ फागुनमा सरकारले नेकपामाथि प्रतिबन्ध लगाएको थियो ।

प्रतिबन्धपछि सल्यानमा नेकपाका दुई दर्जनभन्दा बढी नेता–कार्यकर्ता गिरफ्तारीमा परेका छन् । गिरफ्तारीमा परेका ती सबै अदालतको आदेश र प्रशासनको धरौटीमा रिहा भैसकेका छन् ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

पुरुषोत्तम गिरी

पुरुषोत्तम गिरी सल्यानका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया