पहिलाे टी-२०: वार्नरकाे शतकमा अष्ट्रेलियाद्वारा श्रीलंका १३४ रनले पराजित

 कात्तिक १०, २०७६ आइतबार १३:३५:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

अष्ट्रेलियामा जारी तीन टी-२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजकाे पहिलाे खेलमा अष्ट्रेलियाले श्रीलंकालाई १ सय ३४ रनले पराजित गरेकाे छ ।

आइतबार एडिलेडमा भएकाे खेलमा टस जितेर श्रीलंकाले बलिङ राेजेकाे थियाे ।

ब्याटिङकाे निम्ताे पाएकाे अष्ट्रेलियाले निर्धारित २० ओभरमा २ विकेट गुमाएर २३३ रनकाे विशाल याेगफल तयार पारेकाे थियाे । २३३ रनकाे विशाल याेगफल तयार गर्न डेभिड वार्नरले अविजित शतक प्रहार गरेका थिए । ५६ बलकाे सामना गरेका उनले १० चाैका र ४ छक्काकाे मदतले अविजित एक सय रन बनाएका हुन् ।

त्यस्तै एराेन फिन्च र ग्लेन म्याक्सवेलले क्रमश:  ६४ र ६२ रनकाे याेगदान दिए । 

बलिङतर्फ श्रीलंकाका दासन शनका र सान्दकनले एक-एक विकेट लिए।

२३४ रनकाे लक्ष्य भेट्न जवाफी ब्याटिङ गरेकाे श्रीलंकाले २० ओभरमा ९ विकेट गुमाउँदै ९९ रन मात्र जाेड्न सकेपछि अष्ट्रेलिया १३४ रनले विजयी भएकाे हाे ।

श्रीलंकाका दासन शनका र कुशल परेराले क्रमश: १७ र १६ तथा ओशादा फर्नान्डाे र लासिथ मालिंगाले समान १३-१३ तथा दानुष्का गुणतिलकाले ११ रन बनाउनु बाहेका अरुले दाेहाेराे अंकमा रन बनाउन सकेनन् ।

बलिङतर्फ एडाम जाम्पाले ३, प्याट कमिन्स र मिचेल स्टार्कले समान २-२ तथा एष्टा अगरले १ विकेट लिएका थिए ।

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया