तिहारका ५ दिनमा सुनचाँदीको कारोबारले रुप फेर्‍याे: १० अर्ब रुपैयाँको कारोबार

 कात्तिक १२, २०७६ मंगलबार ८:४२:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - तिहारमा १० अर्ब रुपैयाँको सुनचाँदीको कारोबार भएको छ ।

यसपटक ५ अर्ब रुपैयाँको हाराहारीमा मात्र सुनचाँदीको कारोबार हुने अनुमान गरिए पनि दोब्बर बढी कारोबार भएको नेपाल सुनचाँदी महासंघले जनाएको छ । तिज र दशैँमा समेत उत्साहजनक व्यापार नभएको सुनचाँदीको कारोबार तिहारमा भने केही सन्तोषजनक भएको नेपाल सुनचाँदी व्यवसायी महासंघका निवर्तमान अध्यक्ष तेजरत्न शाक्यले बताउनुभयो ।

बितेका ४-५ दिनमा कारोबारले रुप फेरेको उहाँले बताउनुभयो । तर, यो कारोबार पोहाेरको तुलनामा आधा मात्र भएको पनि निवर्तमान अध्यक्ष शाक्यले जानकारी दिनुभयो ।

यसपटक सुनको भाउ तोलाको ७० हजार नाघेपछि सुनको बजार घटेको थियाे । वर्षभरिमा हुने कारोबारको २० देखि २५ प्रतिशत तिहारमा हुने गरेको छ । अहिले सुनको भाउ तोलाको ७१ हजार रुपैयाँ र चाँदी ८ सय ६० रुपैयाँ छ । यो भाउ भोलि बुधबारसम्म कायम रहनेछ ।

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया