सोलुखुम्बु : सुतेकै अवस्थामा पर्यटक भरियाको ज्यान गयो

 कात्तिक १३, २०७६ बुधबार २०:४१:० | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु - सोलुखुम्बुकोे खुम्बु पासाङ ल्हामू गाउँपालिका–४, फेरुचेमा एक पर्यटक भरियाको बुधबार सुतेकै ठाउँमा ज्यान गएको छ ।

नाम्चेबाट सगरमाथा बेस क्याम्पतर्फ जाने क्रममा फेरुचेस्थित हिमालयन होटलमा बास बसेका माप्य दूधकोशी गाउँपालिका–७, वाप्साका ४६ वर्षीय जंगबहादुर विश्वकर्माको सुतेकै अवस्थामा ज्यान गएको सोलुखुम्बु प्रहरीले जनाएको छ ।  २ जना स्पेनिस नागरिकसँगै भरियाको रुपमा गएका उनलाई बुधबार बिहान सुतिरहेको अवस्थामा फेला परेको होटल सञ्चालक पेम्बा शेर्पाले बताउनुभयो  ।

घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यलय नाम्चेबाट गएको प्रहरीले कानुनी प्रक्रिया पूरा गरी शवलाई निकोल निकी अस्पतालमा लुक्ला राखिएको छ ।

शवलाई पोस्टमर्टमका लागि बिहीबार जिल्ला अस्पताल फाप्लु ल्याइने जिल्ला  प्रहरी कार्यालय सोलुखुम्बुका प्रवक्ता प्रहरी निरीक्षक उत्तम कार्कीले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: चैत १४, २०८०

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया