प्रधानमन्त्री ओलीकाे डायलाइसिस अन्तर्गत ‘अल्ट्रा फिल्ट्रेसन’ हुँदै

 कात्तिक १४, २०७६ बिहिबार १२:१५:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रधानमन्त्री केपी शर्मा ओलीको अहिले डायलाइसिस भैरहेको छ ।

बुधबार धापासीमा रहेको ग्राण्डी अस्पतालमा भर्ना गरिएका प्रधानमन्त्री ओलीको आज दोस्रो पटक डायलाइसिस भैरहेको हो । उहाँको रगतमा पानीको मात्रा धेरै भएकाले रगतलाई शुद्ध बनाउन गरिने डायलाइसिस अन्तर्गत पर्ने अल्ट्रा फिल्ट्रेसन गर्ने काम भैरहेको उच्च स्रोतले उज्यालोलाई जानकारी दिएको छ ।

उहाँको हिजो पनि अल्ट्रा फिल्ट्रेसन गरिएको थियो ।

अस्पतालका एक डाक्टरका अनुसार थप डायलाइसिस गर्नुपर्ने भएकाले प्रधानमन्त्री अझै केही दिन अस्पतालमै बस्नुपर्ने सम्भावना छ । उहाँका अनुसार प्रधानमन्त्रीको रगतमा क्रेटिनाइनको बढी देखिएकाले थप डायलाइसिस गरिएको हो ।

तर प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले भने प्रधानमन्त्री ओलीलाई आज बेलुकीसम्ममा घर लैजाने तयारी भएको बताउनुभयो । ग्राण्डी अस्पतालका मेडिकल डाइरेक्टर डाक्टर चक्रराज पाण्डे र प्रधानमन्त्रीका निजी चिकित्सक तथा ग्राण्डी अस्पतालको मृगौला विभाग प्रमुख प्राध्यापक दिव्या सिंंहले बुधबार विज्ञप्ति निकालेर प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य रहेको र जाँचका रिपोर्टहरु आएपछि प्रधानमन्त्री ओलीलाई बुधबारै घर पठाइने बताउनुभएको थियो । 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया