डायलाइसिस गर्ने तयारीका कारण नेताहरुले प्रधानमन्त्रीलाई भेट्न पाएनन्

 कात्तिक १४, २०७६ बिहिबार १४:१७:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था राम्रो रहेको बताउनु भएको छ ।

मिर्गौलाको डायलाइसिस गराइरहनु भएका प्रधानमन्त्री ओलीलाई भेटन बिहीबार दिउँसो ग्रान्डी अस्पताल पुग्नु भएका उहाँले सञ्चारकर्मीमाझ चिकित्सकहरुलाई उल्लेख गर्दै उहाँको स्वास्थ्य अवस्था एकदमै ठिक रहेको प्रतिक्रिया दिनु भएको हो ।

‘चिकित्सकहरुले भनेअनुसार उहाँको स्वास्थ्यस्थिति एकदमै ठिक छ’, प्रवक्ता श्रेष्ठले भन्नुभयो, ‘प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे मलाई चिकित्सकहरुले नै जानकारी दिने हो, त्यस्तो कुनै समस्या देखा परेको छैन ।’ प्रधानमन्त्रीको दोस्रो पटक आज पनि मिर्गौलाको डायलायइसिस भइरहेकाले प्रवक्ता श्रेष्ठले पनि भेट गर्ने अवस्था रहेन ।

त्यसैगरी प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुग्नु भएका नेकपाका नेता भीम रावलले मिर्गौलाको डायलायइसिस भइरहेकाले प्रधानमन्त्रीसँग भेट गर्ने अवस्था नरहेको बताउनुभयो । उहाँले चिकित्सकको सल्लाहअनुसार प्रधानमन्त्री ओली छिट्टै अस्पतालबाट डिस्चार्ज हुने बुझिएको पनि बताउनुभयो ।

अन्तिम अपडेट: फागुन २८, २०८०

तपाईको प्रतिक्रिया