जथाभाबी फोहर फाल्नेबाट वीरगञ्ज महानगरले उठायो २७ लाख रुपैयाँ
चैत १६, २०८० शुक्रबार
ललितपुर - साझा पार्टीले भक्तपुर क्षेत्र नम्बर १ ‘क’ बाट सुरज प्रधानलाई उम्मेदवार बनाउने भएको छ ।
आउँदो मसिंर १४ गते हुने उपचुनावका लागि भक्तपुर जिल्ला संयोजकको रुपमा सक्रिय रहेका २८ वर्षीय सुरज प्रधानलाई साझाले भक्तपुर क्षेत्र नम्बर १ ‘क’ बाट प्रदेशसभा उम्मेदवार बनाउने निर्णय गरेको हो ।
पार्टीको केन्द्रीय कार्यालय, बखुण्डोलमा बिहीबार पत्रकार सम्मेलनमार्फत साझाले प्रधानलाई उम्मेदवार बनाउने घोषणा गरेको हो । लामो समयदेखि समाजसेवा र वातावरण अभियानकर्ताको रुपमा क्रियाशील प्रधान इँटा उत्पादनको व्यवसाय गर्नुहुन्छ ।
पद्धति, पारदर्शिता, इमान्दारी र उत्कृष्टताको चार खम्बामा अडिग रहेर राजनीतिक जिम्मेवारी वहन गर्ने प्रधानले बताउनुभयो । निर्वाचित भएको खण्डमा पुरै तलब आफ्नो निर्वाचन क्षेत्रभित्र कल्याणकारी गतिविधिमा खर्च गर्ने पनि प्रधानले बताउनु भएको छ ।
तत्कालीन नेकपा एमालेबाट निर्वाचित प्रदेशसभा सांसद हरिशरण लामिछानेको निधनपछि भक्तपुर क्षेत्र नम्बर १ ‘क’ मा उपचुनाव हुन लागेको हो । २०७५ साल वैशाख ३१ गते मष्तिस्कघातका कारण लामिछानेको निधन भएको थियो ।