इस्लामिक स्टेटका नयाँ नेता घोषणा, बग्दादीसहित प्रवक्ता पनि मारिएको पुष्टि

 कात्तिक १५, २०७६ शुक्रबार ७:१८:२७ | एजेन्सी
unn.prixa.net

अबु बकर अल-बगदादी

इस्लामिक स्टेट (आईएस) ले आफ्ना नेता अबु बकर अल–बग्दादी मारिएको पुष्टि गर्दै उत्तराधिकारी घोषणा गरेको छ । आईएसद्वारा सार्वजनिक एउटा अडिओ टेपमा अबु इब्राहिम अल–हाशेमी अल–कुरैशी नयाँ नेता घोषित गरिएको बीबीसीले उल्लेख गरेको छ ।

आईएसले सार्वजनिक गरेको उक्त अडियो टेपमा समूहका प्रवक्ता अबु अल–हसन अल–मुजाहिर पनि मारिएको पुष्टि गरेको छ । अमेरिकी विशेष फौजको कारबाहीमा अक्टोबर २७ तारिखमा बग्दादी सिरियामा मारिएको आईएसले पुष्टि गरेको हो । 

आईएसले आफ्ना नयाँ नेताबारे विस्तृत विवरण सार्वजनिक गरेको छैन । उनको कुनै तस्बिर पनि सार्वजनिक गरेको छैन । तर उसले आफ्ना नयाँ नेता पश्चिमाहरूविरुद्ध लडाइँ गरेका एक अनुभवी जिहादी लडाकु भएको दाबी गरेको छ ।

बग्दादी एक अत्यन्तै व्यवस्थित र क्रूर विद्रोही योद्धाका रूपमा चिनिएका थिए । सन् १९७१ मा बग्दादको उत्तरस्थित समरामा उनको जन्म भएको थियो ।

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया