सबै स्थानीय तहमा बैंकहरुलाई सुरक्षा दिन सरकार तयार छ : अर्थमन्त्री खतिवडा

 साउन १, २०७५ मंगलबार १२:५१:५२ | उज्यालो सहकर्मी

काठमाडौं – अर्थमन्त्री डा. युवराज खतिवडाले सबै स्थानीय तहमा बैंकहरुलाई सुरक्षा दिन सरकार समक्ष रहेको बताउनुभएको छ ।

अर्थमन्त्री खतिवडाले स्थानीय तहसँग समन्वय गरेर सबै स्थानीय तहमा बैंक स्थापना हुने र बैंकहरुलाई सुरक्षा दिने योजना भैरहेको बताउनुभयो । उहाँले सरकारले सबै स्थानीय तहमा अब तत्काल बैंक स्थापना गर्ने पनि जानकारी दिनुभयो ।

मंगलबार नविल बैंकले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले कर छली हुन नदिन पनि सरकारले बैंक तथा वित्तीय संस्थाहरुलाई प्रविधिमैत्री बनाउँदै लैजाने नीति लिएको स्पष्ट पार्नुभयो ।

अर्थमन्त्री खतिवडाले पुस मसान्तसम्म सबै आर्थिक कारोबार बैकिङ प्रणालीमार्फत् गर्न पनि सबै स्थानीय तहमा तीन महिना भित्र बैंक स्थापना गरिसक्नुपर्ने बताउनुभएको छ । 
 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया