पूर्वसभामुख महरामाथिको थुनछेक बहस सुरु

 कात्तिक १५, २०७६ शुक्रबार १२:१५:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – बलात्कारको अभियोगमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराको थुनछेक बहस सुरु भएको छ ।

शुक्रबार काठमाण्डौको बबरमहलस्थित काठमाण्डौ जिल्ला अदालतमा निवर्तमान सभामुख महराको थुनछेक बहस सुरु भएको हो । महरामाथि संसदसचिवालयकी एक महिला कर्मचारीमाथि बलात्कारको आरोप लागेपछि प्रहरीले पक्राउ गरेको थियो ।

पक्राउ परेका महरालाई सरकारी वकीलको कार्यालय, काठमाण्डौले  बिहीबार बलात्कार प्रयास गरेको अभियोगमा काठमाण्डौ जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । अहिले जिल्ला अदालत काठमाण्डौमा महरालाई उपस्थित गराएर न्यायाधीश सुदर्शनराज पाण्डेको एकल इजलासमा थुनछेकको बहस सुरु भएको छ ।

थुनछेक बहस सकिएपछि महरा छुटने, धरौटीमा रिहा हुने वा पूर्पक्षका लागि कारगार चलान गर्ने अदालतले फैसला गर्नेछ ।

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया