कृष्णनगर झडप : मृतकका परिवारले शव बुझे

 कात्तिक १५, २०७६ शुक्रबार १७:२०:३६ | गोपाल भण्डारी
unn.prixa.net

कपिलवस्तु – लक्ष्मीपूजाको मूर्ति विसर्जनका क्रममा भएको झडपमा ज्यान गुमाएका स्थानीय २१ वर्षीय सुरज पाण्डेयको शव परिवारले बुझेका छन् । 

मूर्ति विसर्जनका क्रममा उत्पन्न भएको विवादले झडपको रुप लिएपछि प्रदर्शनका क्रममा सुरक्षाकर्मीको गोलीबाट पाण्डेयले ज्यान गुमाएका थिए । 

तौलिहवा अस्पतालमा रहेको मृतक पाण्डेको शव उनका हजुरबुवा ओमप्रकाश पाण्डेय र काका लक्ष्मी पाण्डेयले बुझेका छन् । मृतक परिवारलाई स्थानीय प्रशासनले तत्काल राहत बापत काजकिरिया खर्चका लागि २५ हजार रुपैयाँ दिएको छ । 

मृतकको शव कृष्णनगर बजार लैजाने र सुरही खोलामा अन्तिम दाहसंस्कार गरिने मृतकका काका लक्ष्मी पाण्डेयले बताउनुभयो ।  

प्रदेश सभा सदस्य वीरेन्द्रकुमार कनौडिया, कृष्णनगर उद्योग वाणिज्य संघका अध्यक्ष रामकुमार गुप्ता र प्रदर्शनकारीहरुका प्रतिनिधीहरुसँग बिहीबार स्थानीय प्रशासनले १० बुँदे सहमति गरेपछि अवस्था सामान्य हुँदै गएको अधिकारकर्मी बसन्त वञ्जाडेले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: चैत २४, २०८०

गोपाल भण्डारी

गोपाल भण्डारी कपिलवस्तुका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया