म्यानमारसँगकाे मैत्रीपूर्ण फुटबलका लागि नेपाली टाेलीकाे घाेषणा, राेहित र किरणले नखेल्ने

 कात्तिक १६, २०७६ शनिबार १२:४८:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - विश्वकप छनोटको दोस्रो चरणअन्तर्गत कुवेतसँगको खेल अगाडि नेपालले खेल्ने म्यानमारविरुद्धको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय टिमको घोषणा गरिएको छ ।

प्रशिक्षक योहान कालिनको सार्वजनिक गरेको २३ जना खेलाडीको सूचीमा तीन जना नयाँ खेलाडीलाई समावेश गरिएको छ । जसमा चार महिना टिममा नरहेका भरत खवाससँगै सुवास गुरुङ र मिक्चन तामाङले मौका दिइएको छ । यसका साथै गोलकिपर एलन न्यौपानेले पनि टिममा मौका पाएका छन ।

नेपालका कप्तान तथा गोलकिपर किरण चेम्जोङ र रोहित चन्द क्लब फुटबलका कारण म्यानमारविरुद्धको खेल गुमाउनेछन । यसका साथै मिडफिल्डर विशाल राइले चाेटका कारण टिममा छैनन् भने पूर्व कप्तान विराज महर्जनलाइ समावेश गरिएकाे छैन । नेपालले नाेभेम्बर सात तारिखमा मैत्रीपूर्ण खेल खेल्नेछ ।

म्यानमारविरुद्धको स्क्वाड यस्तो छ

गोलकिपर : विकेश कुथु, विशाल श्रेष्ठ, एलन न्योपाने

डिफेन्डर : सरोज दाहाल, अजित भण्डारी, दिनेश राजवंशी, अनन्त तामाङ, देवेन्द्र तामाङ, रजिन धिमाल, सुमन अर्याल

मिडफिल्डर : सुनील बल, रवि पासवान, अञ्जन विष्ट, सुजल श्रेष्ठ, विक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ, सुवास गुरुङ, मिक्चेन तामाङ

फरवार्ड : भरत खवास, विमल घर्ती मगर, अविशेख रिजाल, नवयुग श्रेष्ठ

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया