प्रधानमन्त्रीकाे स्वास्थ्य बाहिर आएकाे जस्ताे गम्भीर छैन: नेकपा

आइतबार उम्मेदवार चयन गर्ने नेकपाकाे तयारी

 कात्तिक १६, २०७६ शनिबार १५:०:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आउँदो मंसिर १४ गते हुने उपचुनावको उम्मेदवार चयनका विषयमा प्रारम्भिक छलफल सुरु गरेको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको नेकपाको सचिवालय बैठकले क्षेत्रीय निर्वाचन समन्वय समिति, जिल्ला कमिटी र प्रदेश कमिटीले प्रतिनिधि सभा, प्रदेश सभा र पालिकाका लागि सिफारिस गरेर पठाएका उम्मेदवारहरुको विषयमा प्रारम्भिक छलफल गरेको हो । 

‘अहिले हामीले क्षेत्रीय निर्वाचन समन्वय समिति, जिल्ला कमिटी र प्रदेश कमिटीबाट सिफारिस भएर आएका उम्मेदवारहरुमाथि प्रारम्भिक छलफल गरेका छौँ,’ बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले भन्नुभयो, ‘भोलि (आइतबार) बस्ने बैठकबाट प्रतिनिधि सभा, प्रदेश सभा र पालिकाका कतिपय मेयरको उम्मेदवारको पनि टुंगो लगाउनेछौँ ।’

आइतबार बस्ने सचिवालय बैठकले प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवारहरुको चयन गर्ने नेकपाको तयारी छ ।

बैठकमा प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी गराउँदै बाहिर आएको जस्तो गम्भीर नरहेको बताउनुभएको थियो । प्रधानमन्त्रीले आफ्नो स्वास्थ्य अवस्था गम्भीर नभएकोे बैठकमा जानकारी गराउनुभएको पनि प्रवक्ता श्रेष्ठले भन्नुभयो । 

प्रवक्ता श्रेष्ठले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको र काम पनि सुरु गर्नु भएको बताउनुभयो । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया