छठ सबै नेपालीको साझा पर्व हाे: मुख्यमन्त्री पौडेल

 कात्तिक १६, २०७६ शनिबार १९:४७:१५ | हरि हुमागाईं
unn.prixa.net

काठमाण्डाै - प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले छठ सबै नेपालीको साझा पर्व भएकाे बताउनुभएको छ ।

हेटौँडाको राप्ती बगरमा आयोजना गरिएको छठ पूजाको उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले अब छठ पर्व मधेशको मात्र पर्व नभएर समस्त नेपालीको साझा पर्व भएको भन्दै यस पर्वले हिमाल तराई पहाड एउटै भएकोे सन्देश दिएको समेत बताउनु भयो ।

पौडेलले जाति, धर्म तथा कुनै संप्रदाय विषेश नभइ सिंंगो नेपालीको साझ चाड भनेर मनाउन सकेमा मात्रै सरकारले गरेका समृद्धिका कुराहरु अक्षरश: पालना भएको ठहर हुने जिकिर गर्नुभयो । ‘नेपाली जनताको समृद्धिको सपनालाई पूरा गर्न यस पर्वले सबैमा प्रेरणा देओस्,यहि शुभकामना छ,’ उहाँले थप्नुभयाे । 

अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर हेटौंडाको रापतीखोलामा भव्य रुपमा छट पर्व मनाइएको थियो । चार दिनसम्म मनाइने छठ पर्वको पहिलो दिन व्रतालुहरु नुहाएर अरबा अरबाइन भोजन गर्ने गर्दछन् भने दोश्रो दिन साँझ प्रसादको रुपमा चामल, सक्खर र दूध मिलाएर बनाएको खीर ग्रहण ग्रहण गरी खरना गर्दछन् ।

त्यस्तै तेश्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिन तयार पारेको पूजा सामग्री घाटमा लगेर पूजा गर्ने गरिन्छ भने भने चौथो दिन बिहान उँदाउँदो सूर्यको अर्घ्य दिएपछि छठपर्वको विधिवत समापन हुन्छ ।

छठ पर्वमा बाँसको ढाकी, डग्री, माटोको कोसिया कुरबार, हात्तीलगायतका सामग्रीहरु चढाइन्छ । त्यस्तै प्रसादको रुपमा ठकुवा, भुसुवा, केरा, खाजा, उखु, बेसार, अदुवा एवं विविध प्रकारको मिठाई तथा फलफूल सूर्य देवता अर्थात दिनानाथलाई चढाउने गरिन्छ ।

अर्घ्य दिने व्रतालु ४८ घण्टासम्म पानी पनि नखाइ उपवास बस्ने गर्दछन् । छठ पर्वमा सूर्य भगवान अर्थात दिनानाथलाई अर्घ्य दिन तयार गरिने परिकारहरु अत्यन्तै नियम निष्ठापूर्वक गर्नुपर्ने भएकाले छठलाई निष्ठा र कठोर पर्वको रुपमा मानिन्छ ।

अन्तिम अपडेट: फागुन २९, २०८०

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया