ला लिगा: एस्पान्याेललाई हराउँदै भ्यालेन्सिया अंक तालिकाकाे आठौँ स्थानमा

 कात्तिक १६, २०७६ शनिबार २०:११:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

स्पेनिस ला लिगा फुटबलमा भ्यालेन्सिया आठौँ स्थानमा उक्लिएको छ ।

शनिबार भएको खेलमा पुछारबाट दोस्रो स्थानमा रहेको एस्पान्याेललाई दुई-एक गोल अन्तरले पराजित गर्दै भ्यालेन्सिया १७ अंकका साथ १२ औंँ स्थानबाट आठौँ स्थानमा उक्लिएको हो । १ गोलले पछि परेको भ्लोन्सियाले दोस्रो हाफमा २ गोल गर्दै स्पष्ट तीन अंक जोड्न सफल भयो ।

३१ औंँ मिनेटमा एस्पान्याेलका लागि मार्क रोका जुक्वेले पेनाल्टी मार्फत गोल गर्दै अग्रता बनाएका थिए । पहिलो हाफमा १ गोलको अग्रता बनाएको एस्पान्याेलले दोस्रो हाफमा अग्रता भने जोगाउन असफल रह्यो ।

डेनियल परेजो मुनोजले ६९ औंँ मिनेटमा पेनाल्टीमै गोल गर्दै भ्यालेन्सियालाई बराबरीमा ल्याएका थिए । बराबरी भएको ११ मिनेट पछि भ्यालेन्सियाले दोस्रो गोल गरेको थियो । म्याक्सिमिलियानो गोमेज गोन्जालेजले गोल गर्दै भ्यालेन्सियालाई २–१ को अग्रता दिलाउन सफल भए । त्यसपछि बाँकी गोल नभएपछि भ्यालेन्सिया २–१ ले विजयी हुन सफल भयो ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया