सिरिएमा युभेन्टस र इन्टरमिलानको जित

 कात्तिक १७, २०७६ आइतबार ७:५:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

इटालियन सिरिएका शीर्ष दुई टिमले एघारौं चरणको खेलमा जित निकाल्न सफल भएका छन् । टुरिन डर्बी प्रतिस्पर्धामा युभेन्टसले घरेलु टोली टोरिनोलाई १–० ले हरायो । 

युभेन्टसको जितमा माथियास डि लाइटको ७०औं मिनेटमा गोल निर्णायक बन्यो । डिलाइटले गोञ्जालो हिग्वनको पासमा गोल गरेका थिए । 

जितसँगै युभेन्टसलले ११ खेलबाट २९ अंक बनाएको छ । टोरिनो भने समान खेलबाट एघार अंक बनाउँदै १३औं स्थानमा छ ।
 
इन्टरमिलान पनि जित हात पार्दै दोस्रो स्थानको पकड बलियो बनउन सफल भएको छ । इन्टरमिलानले बोलोग्नालाई २–१ ले हराउँदा रोमेलु लुकाकु नायक बने ।

बोलोग्नाले लिएको एक गोलको अग्रतामा लुकाकुले दुई गोल गरेपछि इन्टरमिलनले युभेन्टससँगको दूरी एक कायम गर्न सफल भएको हो ।

लुकाकुले ७५औं मिनेटमा लुकाकुले कर्नरबाट गोल गर्दै इन्टरमिलानालाई खेलमा फर्काए । इन्ज्युरी समयमा पाएको पेनाल्टीलाई लुकाकुले नै गोल गर्दै इन्टरमिलानालाई जित दिलाए ।

इन्टरमिलानले भने २८ अंक बनाएको छ । 

नापोलीलाई हराउँदै रोमा पनि तेस्रो स्थानमा उक्लिएको छ । आफ्नो मैदानमा रोमाले नापोलीलाई २–१ ले हरायो । रोमाले २२ अंक जोडेको छ ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया