कर्णालीका मुख्यमन्त्री कँडेललाई विश्वासकाे मत
बैशाख १३, २०८१ बिहिबार
इंग्लिस प्रिमियर लिगका शीर्ष दुई क्लबहरु लिभरपुल र म्यानचेस्टर सिटीले पुनरागमनसहितको नाटकीय जित निकालेका छन् ।
यो जितले लिग लिडर लिभरपुलले अपराजित यात्रा कायमै राख्न सकेको छ भने सिटीले लिभरपुलसँगको दूरी यथावत राख्न पाएको छ ।
शनिबार राति एस्टोन भिल्लाले घरेलु मैदान भिल्ला पार्कमा पहिलो हाफको २१ औं मिनेटमै अग्रता पाएको थियो । महमुद हुसेन ट्रेगेटले एस्टोन भिल्लालाई अग्रता दिलाएका थिए । उनले जोन म्याकगिनको पासमा गोल गरेका हुन् ।
स्टार खेलाडीले भरिएको लिभरपुलले अन्तिम समयमा नाटकीय रुपमा सानदार प्रदर्शन गर्दै घरेलु टोलीविरुद्ध धावा बोल्न सफल रह्यो ।
खेलको ८७ औं मिनेटमा एन्ड्रयु रोबर्टसनले साडियो मानेको पासमा बराबरी गोल फर्काए । यिनै मानेले खेलको अन्तिम मिनेटमा गोल गरी लिभरपुललाई सानदार ३ अंक दिलाए । मानेले ट्रेन्ट अलेक्जान्दर आर्नोल्डको पासमा गोल गरे ।
११ खेलबाट ३१ अंक जोडेको लिभरपुलले शीर्ष स्थान ६ अंकको अग्रता यथावत राखेको छ । किनभने सिटीले पनि रेलिगेसनबाट बच्न संघर्षरत साउथह्याम्प्टनबिरुद्ध पुनरागमनसहित २-१ को जित हासिल गरेको थियो ।
घरेलु मैदान इत्तिहाद रंगशालामा पाहुना टोलीका लागि जेम्स वार्ड प्रोजले १३औं मिनेटमै गोल गरेपछि पेप ग्वार्डिओला प्रशिक्षित सिटी सुरुमै दवावमा परेको थियो ।
बराबरी गोल फर्काउनका लागि सिटीलाई ७० औं मिनेटसम्म कुर्नुपर्यो । सिटीका कीर्तिमानी गोलकर्ता सर्जियो एग्यूरोले केल वाल्करको पासमा बराबरी गोल फर्काएका थिए ।
उनै वाल्करले ८७ औं मिनेटमा गोल गरी घरेलु समर्थकलाई खुसी तुल्याए भने शीर्ष स्थानको लिभरपुरमाथिको दवाव पनि कायम राखे । जितपछि सिटीको ११ खेलबाट २५ अंक भएको छ ।
शनिबारै सम्पन्न अर्को खेलमा सुरुआती अग्रता जोगाउन नसक्दा आर्सनलले वुल्भ्ससँग १-१ गोलको बराबरी खेलेको छ । पिएरे एमरिक उवामेयाङले २१ औं मिनेटमा अग्रता दिलाएका थिए ।
इमिरेट्स रंगशालामा जिततर्फ अग्रसर आर्सनललाई ७६ औं मिनेटमा ठूलो झड्का लाग्यो । राहुल जिमेनेजले बराबरी गोल फर्काए भने आर्सनलसँग अंक खोस्न सफल रहे ।