बर्नमाउथसँग म्यानचेस्टर युनाइटेड पराजित

 कात्तिक १७, २०७६ आइतबार ८:४१:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड पराजित भएको छ । शनिबार भएको खेलमा म्यानयू एएफसी बर्नमाउथसँग १–० गोल अन्तरले पराजित भएको हो ।

जितसँगै बर्नमाउथ १६ अंकसहित छैटौँ स्थानमा उक्लदा म्यानयू १३ अंकसहित सातौं स्थानमा यथावत रहेको छ । बर्नमाउथले आफ्नै मैदानमा पाहुना टोली म्यानयूविरुद्ध पहिलो हाफमा १ गोल गरेको थियो ।

४५ औं मिनेटमा योहोसु किंगले गोल गर्दै अग्रता दिलाएका हुन् । दोस्रो हाफमा म्यानयूले गोल फर्काउने प्रयास गरेपनि असफल भयो । ११ औं चरणको खेल जारी रहँदा म्यानयूको यो चौथो हार हो ।

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया