फरार अभियुक्त पक्राउ

 कात्तिक १७, २०७६ आइतबार १२:४५:३० | उज्यालो सहकर्मी
unn.prixa.net

दाङ – अदालतले कसुर फैसला गरेपछि फरार रहेका घोराही उपमहानगरपालिका –१८ गिठेपानी बस्ने  २६ वर्षीय रामबहादुर विक पक्राउ परेका छन् ।

२०७३ साल वैशाख १३ गते घोराही उपमहानगरपालिका–२ बस्ने सुन्तली विक (आफ्नै सासु आमा) को घरमा आगो लगाएको कसुरमा उच्च अदालत तुलसीपुरले दोषी ठहर गरेको थियो । अदालतले ४ वर्ष कैद सजाय तोकेपछि फरार रहेका राम बहादु आइतबार बिहान पक्राउ परेका हुन् ।

आइतबार बिहान घोराही उपमहानगरपालिका–१८ गिठेपानीमा घरमै लुकिछिपि बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया