अमेरिकामा दोस्रो पटक सुँगुरको मिर्गाैला जीवित मानिसमा प्रत्या...
बैशाख १३, २०८१ बिहिबार
काठमाण्डाै – दोलखाबाट काठमाण्डाै आउँदै गरेको यात्रुवाहक बस सिन्धुपाल्चोकको सुकुटेबाट सुनकोसीमा दुर्घटनामा परेको छ ।
बा २ ख ७२४५ नम्बरको बस सुनकोसी नदीमा खसेको हो ।
बस पूरै नदीमा डुबेकाले उद्धारमा कठिनाइ भएको प्रत्यक्षदर्शीले बताएका छन् । अहिले उद्धारको प्रयास भइरहेको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।