नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. भगवान कोइराला नियुक्त

 कात्तिक १७, २०७६ आइतबार १४:२७:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सरकारले नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. भगवान कोइरालालाई नियुक्त गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले डा. कोइरालालाई नेपाल मेडिकल काउन्सिलको अध्यक्ष बनाउने निर्णय गरेको हो ।

डा. कोइरालालाई त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा नियुक्त गर्न समेत प्रस्ताव गरिएको छ । तर, त्रिविमा भन्दा डा. कोइरालालाई काउन्सिलमा अध्यक्ष बनाउन उपयुक्त हुने सुझाव धेरैतिरबाट आएपछि उहाँलाई अध्यक्ष नियुक्त गरिएकाे बताइएकाे छ ।

अन्तिम अपडेट: कात्तिक २३, २०७६

तपाईको प्रतिक्रिया