सम्मानजनक पराजय: एमसीसीसँग नेपाल यू-१९ क्रिकेट टिम ३८ रनले पराजित

 कात्तिक १७, २०७६ आइतबार १७:१२:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इंग्ल्याण्डको मेरिलबोन क्रिकेट क्लबसँग नेपालको यू-१९ क्रिकेट टिम ३८ रनले पराजित भएको छ ।

भारतमा हुने च्यालेन्जर्स ट्रफी खेल्न जाने नेपाली यू-१९ टिमले एमसीसीसँग खेलेको हो ।

एमसीसीले दिएको ३३५ रनको लक्ष्य पछ्याएको नेपाली टिमले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै २९६ रन बनायो ।

नेपालका लागि विकेटकिपर ब्याट्सम्यान हरिबहादुर चौहानले सर्वाधिक ५१ रन बनाए भने कप्तान ऋत गौतम ४३ रनमा आउट भए । नेपालका लागि अरुण ऐरी र आकाश चन्दले ३०–३० तथा खडक बोहराले २५ रन जोड्दा लोकेश बम १४ रनमा पेभेलियन फर्किएका थिए ।

विशाल केसीले १३ रन, कुशल मल्लले ६ तथा प्रतिश जिसीले ४ रनको योगदान गरेका थिए । अन्तिमसम्म क्रिजमा शेर मल्ल २८ तथा सागर ढकाल १ रनमा नट आउट रहे ।

एमसीसीसँग सोमबार नेपालको सिनियर टिमले एक दिवसीय प्रतियोगिता खेल्ने छ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया