सातै प्रदेशका प्रमुख पदमुक्त

 कात्तिक १७, २०७६ आइतबार १७:३४:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सरकारले सातै वटा प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गरेकाे छ । मन्त्रिपरिषद्काे आइतबारकाे बैठकले सातै प्रदेशका प्रदेश प्रमुखहरुलाई पदमुक्त गर्ने निर्णय गरेकाे हाे । 

मन्त्रिपरिषद्काे सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पदमुक्त गर्नु भएकाे हाे । संविधानकाे धारा १६५ काे उपधारा १ (ख) बमाेजिम प्रदेश प्रमुखहरुलाई पदमुक्त गरिएकाे हाे । 

प्रदेश १ प्रमुख प्रा. डा. गोविन्दबहादुर तुम्बाहाङ, प्रदेश २ प्रमुख रत्नेश्वरलाल कायस्थ, प्रदेश ३ प्रमुख अनुराधा कोइराला, गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवर, प्रदेश ५ प्रमुख उमाकान्त झा, कर्णाली प्रदेश प्रमुख दुर्गाकेशर खनाल र सुदूरपश्चिम प्रदेश प्रमुख मोहनराज मल्ल पदमुक्त भएका हुन् । 

तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले २०७४ साल माघ ३ गते प्रदेश प्रमुखहरु नियुक्त गरेको थियो ।

अन्तिम अपडेट: चैत १४, २०८०

2 Comments

  • Krishna singh

    Nov. 4, 2019, 6:36 p.m.

    न्यायतन्त्रिक सोचको निर्णय हो / Good job is done. Jai Nyayatrant Jai Nepal.

  •  0 Reply
  • dhama paudyal

    Nov. 3, 2019, 5:41 p.m.

    होइन के हुँदैछ यहाँं ?

  •  0 Reply

तपाईको प्रतिक्रिया