३ वर्षमा ३ हजार मेगावाट विद्युत उत्पादन हुन्छ : उर्जामन्त्री पुन

 साउन १, २०७५ मंगलबार १५:१४:० | उज्यालो सहकर्मी

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले तीन वर्षमा ३ हजार मेगावाट विद्युत उत्पादन गर्ने घोषणा गर्नु भएको छ । 

मन्त्री पुनले ३ वर्षमा ३ हजार मेगावाट विद्युत उत्पादनका लागि आवश्यक पूर्वाधार निर्माणको कामलाई तीव्रता दिइएको पनि स्पष्ट पार्नुभयो । ५ वर्षमा ५ हजार मेगावाट विद्युत उत्पादन गर्ने कार्य योजनासहित सरकारले विद्युत विकासका लागि श्वेतपत्र नै जारी गरेको पनि उहाँले स्मरण गराउनुभयो । 

विद्युत विकास विभागको रजत जयन्तिको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले १० वर्षमा १५ हजार मेगावाट विद्युत उत्पादन गर्ने सरकारको लक्ष्यमाथि खिसीट्यूरी गर्नेहरुलाई जवाफ दिने गरी सरकारले विद्युत विकासको रणनीति तय गरेको पनि दावी गर्नुभयो ।

मन्त्री पुनले सरकारले उर्जा क्षेत्रको विकासका लागि निजी क्षेत्रको लगानीलाई उच्च प्राथमिकता दिएको पनि स्पष्ट पार्नु भयो । उहाँले मुलुकलाई समृद्ध बनाउन विद्युत विकासको कामलाई सरकारले उच्च प्राथमिकताका साथ अघि बढाएको पनि बताउनुभयो ।

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया