कृष्णनगर घटनाका मुख्य आरोपित जमाल साहलाई १० दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश

 कात्तिक १७, २०७६ आइतबार २०:२८:३६ | गोपाल भण्डारी
unn.prixa.net

कपिलवस्तु - जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले कृष्णनगर घटनाको मुख्य आरोपित भनिएका जमाल साहलाई १० दिन थुनामा राखी थप अनुसन्धान गर्ने आदेश गरेको छ । 

एक जनाको ज्यान जानेगरी भएको कृष्णनगर घटनाको मुख्य आरोपित भनिएका कृष्णनगरका जमाल साहमाथि आइतबार सार्वजनिक शान्तिविरुद्धको कसूर अन्तर्गत मुद्धा चलाइएसँगै यस्ताे आदेश जारी गरिएकाे हाे । 

लक्ष्मीपूजाको मुर्ति विर्सजन कार्यक्रममा अवरोध सृजना गरी उत्पन्न विवाद र झडपपछि बिहीबार कृष्णनगर बजारमा लागेको कर्फ्यू समयमा चिया पसल सञ्चालन गर्दै आएका २१ वर्षीय सुरज पाण्डेयको सुरक्षाकर्मीको गोली लागेर ज्यान गएको थियो । 

अन्तिम अपडेट: चैत १४, २०८०

गोपाल भण्डारी

गोपाल भण्डारी कपिलवस्तुका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया