नेपाली सिनियर टिमले आज एमसीसीसँग एकदिवसीय क्रिकेट खेल्ने

 कात्तिक १८, २०७६ सोमबार ८:५:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

एमसीसी र नेपाली यू १९ क्रिकेट टोलीबीचको खेल ।

नेपाल भ्रमणमा रहेको इंग्ल्याण्डका पुरानो क्रिकेट क्लब मेरिलिबोन (एमसीसी)ले सोमबार नेपाली राष्ट्रिय क्रिकेट टिमसँग मैत्रीपूर्ण प्रतियोगिता खेल्दै छ ।

शनिबार नेपाल आएको एमसीसीले आइतबार त्रिवि क्रिकेट मैदानमा नेपालको यू १९ क्रिकेट टिमसँग एक दिवसीय प्रतियोगिता खेलेको थियो । जसमा नेपाल यू १९ टिम ३८ रनले पराजित भयो ।

एमसीसीले सोमबार नेपालको सिनियर टिमसँग खेल्ने छ । नेपाली टिममा कप्तान परिवर्तन भएपछि पहिलो सिरिज रहेकाले सबैको ध्यान कप्तान ज्ञानेन्द्र मल्लको प्रदर्शनमा टिकेको छ । एमसीसीविरुद्धको खेलका लागि आफू निकै उत्साहित भएको बताएका छन् ।

कीर्तिपुरमा नियमति अभ्यास पछि सञ्चारकर्मीसँग कुरा गर्दै कप्तान मल्लले सबै एउटै टिम रहेको र ठाँउ पनि एउटै रहेकाले यो प्रतियोगिताका लागि निकै उत्साहित भएको बताए ।

उनले भने ‘एमसीसीको टिम पनि राम्रो रहेको र जित्नका लागि नेपाल आएका छन, यो सिरीजले नेपाली टिमका लागि राम्रो अभ्यास हुने छ ।’ नेपालले नोभेम्बर १२ देखि बंगलादेशमा सुरु हुन लागेको एसीसी इमर्जिङ कप खेल्ने भएकाले यो खेल त्यसको अभ्यासको रुपमा पनि लिएको कप्तान मल्लको भनाइ थियो । 

नेपाली टिममा अहिले नयाँ खेलाडीहरुको बाहुल्यता रहेको छ । त्यसैले यो खेल उनीहरुको एक्सपोजरको रुपमा पनि रहेको कप्तान मल्लको भनाइ थियो ।

अन्तिम अपडेट: चैत १०, २०८०

तपाईको प्रतिक्रिया