जोकोभिचले जिते पेरिस मास्टर्सको उपाधि

 कात्तिक १८, २०७६ सोमबार ८:४९:९ | उज्यालो सहकर्मी
unn.prixa.net

पेरिस मास्टर्सको उपाधि शीर्ष वरीयताका नोभाक जोकोभिचले जितेका छन् । फाइनलमा क्यानडाका डेनिस शापोभालोभमाथि सहज जित निकाल्दै जोकोभिच च्याम्यिन बने । 

२० वर्षे शापोभालोभविरुद्ध पहिलो सेटमा ३–० को अग्रता लिएका जोकोभिचले सहज रुपमा ६–३ को जित निकाले । त्यसपछि दोस्रो सेटमा जोकोभिच ६–४ ले विजयी भए । 

टेनिसको ग्राण्डस्लामपछिको सबैभन्दा प्रतिष्ठित मास्टर्स १००० को सर्वाधिक उपाधि जित्ने दोस्रो खेलाडी हुन् । उनले ३४ वटा मास्टर्स उपाधि जितेका छन् । सबैभन्दा धेरै उपाधि जित्ने खेलाडी राफेल नाडलले ३५ वटा उपाधि जितेका छन् । 

यो प्रतियोगिताको सेमिफाइनलसम्म पुगेका राफेल नाडल स्वास्थ्य समस्याका कारण खेल्न सकेनन् । जसका कारण डेनिस शापोभालोभले फाइनल खेल्ने मौका पाएका हुन् । 
यो जितसँगै जोकोभिच यो वर्षको अन्त्यसम्ममै शीर्ष वरीयतामा रहने पक्का भएको छ ।

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया